मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

योगेश भट्टराईमाथि माओवादी आक्रामक, ‘नम्बरी ठग’को संज्ञा

योगेश भट्टराईमाथि माओवादी आक्रामक, ‘नम्बरी ठग’को संज्ञा

हिमालय खबर

शेयर गर्नुहोस:

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)का सांसद् योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमने सामने भएका छन् ।

बुधबार संसदमा दुवै दलका सांसदबीच घम्साघम्सी परेपछि अब यो विषय संसद् बाहिर पनि चर्किने देखिएको छ । बुधबार योगेशको संसदमा माओवादीप्रति आक्रामक सम्बोधनपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन् ।

यसैक्रममा माओवादी केन्द्रका सांसद् राजन दाहालले योगेशलाई ‘बैगुनी केटो’ भन्दै महान् जनयुद्धको बलमा प्राप्त उपलब्धिहरु उपभोग गर्ने अनि महान् जनयुद्धलाई हिंसा भन्ने ? भन्दै प्रश्न गरेका छन् ।

सांसद् दाहालले आफ्नो स्ट्याटसमा योगेशलाई ‘नम्बरी ठग’समेत भनेका छन् । दाहालले लेखेको सो स्ट्याटस माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले समेत फेसबुकमा शेयर गरेका छन् ।

यस्तै, बिहीबार संसद् बैठकमा माओवादी केन्द्रका सांसद् छिरिङ डुम्डुल लामाले योगेश भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको आरोप लगाएका छन् । उनले आफैँ हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान् जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका थिए ।

उनले भने, ‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैँ हिंसाको गतिविधि गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो ।’