मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्रमाण भएर नै रवि लामिछानेले नौ घन्टा बयान दिनुपर्‍यो : महामन्त्री थापा

प्रमाण भएर नै रवि लामिछानेले नौ घन्टा बयान दिनुपर्‍यो : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले नौ घन्टासम्म बयान दिनुपरेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाइयो र समितिमा लामिछानेले नौ घन्टासम्म बयान दिएको बताएका छन् ।

उनले भने, केही दिनदेखि संसदमा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरु भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाइयो ।’ थापाले समितिमा आफूहरुले प्रमाण दिएको उल्लेख गर्दै टिओआरमा कम्पनीको नाम लेख्न लगाएको बताएका छन् ।

उनले भने, ‘हामीसँग भएका तथ्य र प्रमाणहरु समितिमा पुगेनन् होला ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ? अनि यसमा ख्याल गर्नुभएन ? नौ मिनेटमा चट् भनेको ठाउँमा नौ घन्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होइन होला ?’

आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउँदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘बरु, साथीहरु झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’