मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
मुख्य समाचार   

कृष्ण जन्म अष्टमीको पावन अवशरमा भजन कृतन तथा प्रवचन कार्यक्रम सम्पन्न

कृष्ण जन्म अष्टमीको पावन अवशरमा भजन कृतन तथा प्रवचन कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

999
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो अमेरीका- कृष्ण जन्म अष्टमीको पावन अवशरमा कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घर लगायत बिभिन्न मन्दिरहरूमा पुजा अरती, भजन कृतन तथा प्रवचन संगै भब्यरूपमा जन्म अष्टमी मनाइएको छ ।

कोलोराडोमा सकृय नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको अयोजनामा नेपाली सांस्कृतिक केन्द्र नेपाली घर, सनातन मन्दिर ब्राइटन, कृष्ण मंन्दिर डेनभर, सनातन मंन्दिर सेन्टेनियल लगायतका स्थानमा पुजा अरती, भजन कृतन तथा प्रवचन गर्दै भव्यताका साथ कृष्ण जन्म अष्टमी मनाइएको हो ।

सोमबार सांझ ६ बजे देखि राती ९ बजे सम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित पुजा आरती, भजन कृतन तथा प्रवचन कार्यक्रमा पंण्डित जिवन बराल गुरूले सुमधुर भक्तिसंगित संगै कृष्णले कसरी कुन परिस्थितीमा पृथ्वी जन्म लिनु भएको थियो भन्ने कथा उपस्थित भक्त श्रद्दालु माझ प्रष्टाउनु भएको थियो । त्यसैगरी भजन समुहका संयोजक यमप्रसाद पौडेलको संयोजन आएको भजन समुह र महिला दिदीबहिनी समुहले भजन कृतनमा गुरूलाइ सघाएका थिए ।

नेपाली भाषी संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, तथा नेपाली भाषी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुको सहभागीता रहेको कार्यक्रममा १३ बर्षिय प्रेयांका श्रेष्ठले आफ्नो जन्मोत्वसवको उपलक्ष्यमा आफुले पिगी बैंकमा जम्मा गरेको १ सय १३ डलर नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ नेपाली घरका अध्यक्ष बसन्त लम्साललाई हस्तान्तरण गरेकी थिईन । त्यसैगरी रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका उपाध्यक्ष तथा समाजसेवी बिकास त्रीपाठी तथा ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष डा.शारदा त्रीपाठीले १६ बर्ष अगाडी आफुहरु कृष्ण अष्टमीकै दिन अमेरीका आइपुगेका थियौ भन्दै नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ थप ५ सय ५ डलर सहयोग अध्यक्ष लम्साललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा नेपाली घरका अध्यक्ष बसन्त लंसालले कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।