अमेरिकाको शेयर बजारमा लगानीकर्ताका रुपमा नेपाली समुदाय माझ चर्चामा आएका आषिश संग्रौंलालाई हिमालयखवर खवरले सोध्यो , तपाईले शेयर बजारमा लगानी गर्न छाड्नु भएको हो ?
उनले भने, होइन । तर, शेयर बजारका साथ साथै रियल स्टेट ब्यवसायमा पनि लागेको छु । कुनै कम्पनीको शेयर लिदां वुझेर किन्छु, त्यही अनुसार योजनावद्ध रुपमा विक्री गर्छु । मार्केट अनुसार अगाडी वढेको छु । पहिला र अहिलेको फरक त्यत्ति मात्र हो ।
सन् २०१९ मा कोभिड शुरु भएपछि कयौंको वाहिर हिड्डुल कम भयो । अमेरिका सरकारले पनि विभिन्न प्रकारवाट पैसा वाड्यो । त्यही वेला कयौं नेपाली पनि अमेरिकाको शेयर बजारमा कारोवार गर्न थालेका थिए ।
नेपाली समुदायको स साना जमघटमा पनि कोही न कोहीले शेयरबजारमा पैसा लगाएकै हुन्थ्यो । वुझेर नवुझेर लगानी गर्ने नेपाली वढ्दै गए ।
कोभिड सकिएपछि शेयर बजारको लय फरक भयो । एकाएक ठुलो अंकले वढेका कम्पनीको शेयर मूल्य तल झर्यो । इलेक्ट्रिक गाडी (ईभी) गांजा, लगायतका कम्पनीको अकासिएको शेयर मूल्य निकै तल झर्न थाल्यो ।
चीनको ईभी कम्पनी नियोको शेयर मूल्य ३ डलरवाट कोभिडका वेला ६६ अमेरिकी डलर सम्म पुग्यो । अहिले यसको मूल्य फेरी ४ डलर तिर झर्यो । गांजा कम्पनीको शेयर मूल्य कुनै वेला दोब्बर तेब्बरले वढेको थियो । अहिले निकै तल झरेको छ ।
यस्तो उतार चढावको मारमा नेपाली लगानीकर्ता परे । धेरै नेपालीले शेयर बजारमा गुमाए । केही सय देखि ४ मिलियन डलरसम्म गुमाउने नेपाली छन् । नेपाली माझ शेयरबजारमा पहिला जस्तो क्रेजपनि छैन् ।
मैले घर मालिकलाई शेयर बजारमा लगानी गर्न सकिई दिएको थिएं अहिले हामी दुवै जना डेरामा छौं, भन्ने भनाई समेत चर्चामा समेत आएको थियो ।
नेपाली लगानीकर्ताका वारेमा आशिषको अनुभव पनि यही छ । उनी भन्छन् कोभिडको वेला थियो , सरकारले नगद दिएको थियो । घरवाहिर जाने अवस्था थिएन । कयौं कम्पनीको शेयर मूल्य कम थियो । उतार चढाव पनि वढी थियो । त्यो वेला अरुले जस्तै धेरै नेपालीले पनि घरमा वसी वसी लगानी गर्नु भयो । अहिले बजारको मुभमेण्ट परिवर्तन भयो । पहिलो सानो समयमा कुनै कम्पनीको शेयरमा धेरै उतार चढाव आउंथ्यो । अहिले बजार लयमा छ , केही स्थिर छ । यस्तो वेला बजार वुझेर योजनावद्ध रुपमा लगानी गर्नु पर्छ । त्यो गर्न सक्ने बजारमा छन् नसक्ने बजारवाट वाहिर गए ।
कोभिडका वेला ईभी, गांजा लगायतका कम्पनीको शेयर मूल्य सानो समयमा वढ्दा प्रत्येक दिन कमाएको हिसाव गर्दै दंग पर्ने कयौं नेपाली थिए । अहिले ति हराएका छन् । शेयर बजारमा समय महत्वपुर्ण हुन्छ । कुन वेला किन्ने र विक्री गर्ने भन्नेले महत्व राख्छ । यती वढ्यो भन्ने कागजी नाफा मात्र हो ।
त्यत्तिखेर कम ज्ञान, न्यून जानकारीका आधारमा शेयर लगानी गर्नेहरु पनि थिए उनीहरुले शेयर बजारमा पैसा लगाउनु अघि राम्रोसंग योजना वनाउन सकेनन् त्यही भएर नोक्सान खाएका हुन् आशिष भन्छन् त्यसवेला गरेको गल्ती र नोक्सानवाट सिकेर लगानी गर्ने केहीले कमाएको पनि भेटेको छु ।
अमेरिकाको समग्र शेयर बजार तल आएर नेपालीले नोक्सान खाएका भने होइनन् । अमेरिकाको शेयरबजार नाप्ने सुचकांक वढेर ४० हजार माथि पुगेको छ । कोभिडकालको तुलनामा यो झण्डै दोब्बर हो ।
मुख्य रुपमा नेपाली लगानीकर्ता मध्ये केहीले जोखिमपुर्ण अप्सन ट्रेडिगं गर्दा लाखौं डलर गुभाएर शुन्यमा झरेका हुन् आशिष भन्छन् नवुझेर अर्काको हल्लाका भरमा लगानी गर्नेहरु पनि डुवे । किन्ने वित्तिकै भाउ दोब्बर हुन्छ भन्ने मानसिकताले पनि धेरैलाई विगार्यो ।
कोभिडका वेला नियो, गांजा कम्पनीको शेयर चर्चामा थिए । नियो पनि टेस्ला जस्तै हुन्छ भन्ने अनुमान थियो धेरैले लगानी गरे । भाउ वढ्यो तर, अहिले त्यस्तो सोच्ने लगानीकर्ता कम भए । घट्यो । अहिले एआई कम्पनीका शेयरमा त्यस्तै लहर छ । तर, सवैले राम्रो गर्छन भन्ने छैन ।
कतिले अर्कोले भनेको भरमा, उसले कमायो मैले पनि कमाउंछु भन्दै लगानी गरे त्यो गलत थियो आशिष भन्छन् शेयर बजारमा लगानी गर्दा आफ्नो रणनीति आफुले नै वनाउने हो । अरुको भरमा लगानी गर्ने होइन । शेयर किन्दा कम्पनीका वारेमा वुझेर अध्ययन गरेर निर्णय गर्नु पर्छ । मुख्य कुरा आफुले आफ्नो रणनीति वनाएर लगानी गर्नु पर्छ । कम्पनीको वारेमा वुझेर योजनावद्ध रुपमा लगानी गर्नु पर्छ ।
यसका लागि उदाहरण दिदैं आशिष भन्छन् एउटा कक्षामा शिक्षकले सवैलाई एउटै पढाएको हुन्छ कोही फष्ट हुन्छन् कोही फेल । बजारमा पनि यस्तै हो । एक जनाले वुझेको कुरामा अर्कोको अर्कै वुझाई हुन सक्छ । अर्कोलाई काम नलाग्छ सक्छ । त्यसैले शेयर किन्दा आफ्नौ रणनीति आफैंले वनाउनेको हो । अर्कोको रणनीतिक काम नलाग्न सक्छ ।
अव के गर्ने त ? आशिष भन्छन् महत्वपुर्ण कुरा त नोक्सानीवाट पाठ सिक्ने हो । लगानी गर्दा कम्पनीका वारेमा पढेर वुझेर निर्णय गर्ने हो । आफ्नो लगानी रणनीति आफैले वनाउने हो । अहिलेजस्तो शेयर बजार वन्नु भन्दा अघि पनि कम्पनी व्यवसाय किन बेच हुन्थे । अहिले पनि हुन्छ र शेयर बजार वढेकै छ । खाली आफ्नो लागि उपयुक्त रणनीति वनाएर लगानी गर्नु पर्छ ।
आशिष शेयर बजार वाट रियल स्टेट अर्थात घरजग्गा कारोवारमा संलग्न भएका छन् । किन त शेयर बजारवाट रियल स्टेटमा यो प्रश्नमा उनी भन्छन् अर्थतन्त्र धेरै पक्षले प्रभावित हुन्छ शेयर बजारमा लगानी गर्दा मैले त्यो कुरा जान्नु पर्ने हुन्छ । यही जानेको कुरा रियल स्टेटमा पनि उपयोगी हुन्छ । त्यही भएर रियल स्टेटको कारोबारमा पनि लागेको हुं । शेयर बजार गोल्ड हो भने रियल स्टेट डाइमण्ड ।
(हामी शेयर बजार र लगानीका वारेमा नियमित जानकारी दिने प्रयत्नमा छौं । अर्को पटक नेपालको शेयर बजारका वारेमा जानकारी दिने छौं । लगानीमा जोखिम हुन्छ । हामीले जानकारी दिने मात्र हो सम्पादक)
प्रतिक्रिया