मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने दस प्रहरी पुरस्कृत

हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने दस प्रहरी पुरस्कृत

हिमालय खबर

शेयर गर्नुहोस:

324
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरीलाई पुरस्कृत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाको अनुसार गत साउन २३ गते भएको हेलिकप्टर दुर्घटनाको जानकारी प्राप्त भएदेखि घटनास्थलबाट पाटपूर्जा सङ्कलन कार्यसम्मको अवधिमा प्रशंसनीय कार्य गर्ने १० जना प्रहरीलाई सम्मान गरिएको हो ।

हेलीकप्टर दुर्घटना भएको सूचना प्राप्तलगत्तै घटनास्थल पुगेर हेलिकोप्टरमा लागिरहेको आगो निभाएर च्यापिएका यात्रुको शवलाई थप क्षति हुन नदिई तदारुकताको साथ साहसिक उद्धार कार्यमा खटिएका, अन्य निकायसँग प्रभावकारी समन्वय गरेका र घटनास्थलमा यत्रतत्र छरिएका यात्रुको सामग्री र हेलिकप्टरका पाटपूर्जाको भरपर्दो सुरक्षा व्यवस्था मिलाएका प्रहरीलाई सम्मान गरिएको हो ।

“नगद रुपैयाँसहित प्रशंसापत्रबाट पुरस्कृत भएका प्रहरीको रेकर्ड अभिलेख किताबखानामा समावेश गर्न सिफारिस गरिएको छ,” प्रहरी प्रमुख कोइरालाले भने, “आपतकालीन परिस्थितिमा संयमतापूर्वक पुर्‍याएको उच्च योगदान प्रहरी गरिएको कदरले अन्य प्रहरी कर्मचारीलाई हौसला मिल्नेछ । आगामी दिनमा थप सकारात्मक नतिजा प्राप्त गर्न सकिनेछ ।”

सम्मानित हुनेमा प्रहरी हबल्दार आशबहादुर गुरूङ, राजन खत्री र दीपेन्द्र पण्डित, प्रहरी सहायक हबल्दारहरू सुवास खत्री, कमल सापकोटा र गणेशप्रसाद तिवारी रहेका छन् । प्रहरी जवानहरू तुर्कबहादुर शाही, अशोक गाहा, सङ्गम कोइरी र विजन गुरूङलाई हेलिकप्टर दुर्घटनाको क्रममा उद्धार, समन्वय र सुरक्षामा पुर्‍याएको योगदानको कदर गर्दै नगद रुपैयाँसहित सम्मान गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय नुवाकोटले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय किताबखाना लैनचउरलाई गराएको हो ।

गत साउन २३ गते त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाँउपालिका–७ सूर्यचउरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा हेलिकप्टरका क्याप्टेन अरुण मल्लसहित सवार चार जना यात्रु (चिनियाँ नागरिक) को निधन भएको थियो ।