मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गरे : जनार्दन शर्मा

शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गरे : जनार्दन शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफूलाई शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन् ।

शनिबार रुकुम–पश्चिम–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष प्रचण्डकै अगाडि आफूलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हुन् ।

उपमहासचिव शर्माले कार्यकर्तालाई के आफू दलाल जस्तो देखिन्छु ? के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए । उनले पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट आफुले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिएको आरोप लगाए ।

उनले भने, ‘आज म बडो आश्चर्यमा छु म । तपाईंहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नि ? तपाईंहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्– म दलालजस्तो छु ? म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईंहरुले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छु । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ ।’

शर्माले अहिले पार्टीभित्र संघर्ष र प्रश्न गर्नुपर्ने आवश्यक्ता ठानेर नै आफूले प्रश्न गरेको बताउँदै आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दूराग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको स्पष्ट गरेका थिए ।

शर्मापछि बोलेका अध्यक्ष प्रचण्डले आफू र जनार्दन शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउँदै यो पार्टीको राम्रोको लागि भएको व्याख्या गरेका छन् । उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको बताउँदै अहिलेसम्म सहजरूपमा नै समाधान गर्दै आएको बताएका छन् ।