मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

षड्यन्त्रपूर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्‍याइयो : प्रचण्ड

षड्यन्त्रपूर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्‍याइयो : प्रचण्ड


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले षड्यन्त्रपूर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरेका छन् ।

शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्टबहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमूलक तरिकाले मध्यरातमा हटाइएको बताएका हुन् ।

Advertisement
ADVERTISEMENT

उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमूलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्ति पनि जानकारी नदिई गर्ने जमर्को गरियो ।’

अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिदा विजेताका रुपमा बाहिरिएको बताउँदै अब आफूहरु जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरे पनि जनताले बुझिरहे पनि आफ्नै संगठनभित्रका नेताले नबुझेको गुनासो गरे ।

प्रचण्डले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर अगाडि पार्टी पुनर्निर्माणको गति अगाडि बढाउन खोजिएको बताए ।

अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले जनार्दन शर्माले पार्टी फुटाउने आशंका निराधार भएको बताउँदै स्थायी कमिटी बैठकबाट पार्टी फुटाउन खोजेको आशंका मेटिएको बताए ।

उनले शर्माले बैठकमा उठाएका केही गम्भीर, व्यावहारिक र आशंका रहेको बताउँदै व्यावहारिक आशंकाका विषयमा अनुसन्धान हुने स्पष्ट गरे ।

शेयर गर्नुहोस:

135
Shares