मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

जनतालाई अधिकारसम्पन्न बनाउन कांग्रेस-एमाले गठबन्धन : उपप्रधानमन्त्री सिंह

जनतालाई अधिकारसम्पन्न बनाउन कांग्रेस-एमाले गठबन्धन : उपप्रधानमन्त्री सिंह

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकारसम्पन्न बनाउनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा ३०औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुखअतिथि रहेका उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कार्यान्वयनमा लैजाँदै जनतालाई थप अधिकारसम्पन्न बनाउन सरकारले काम गर्ने सिंहको भनाइ थियो ।

अहिले २०७२ को संविधानले दिएको अधिकार कटौती गर्ने गलत प्रचार भइरहेको भन्दै त्यस्तो दुष्प्रचारको पछि नलाग्न पनि आग्रह गरे। जनतालाई अधिकारसम्पन्न बनाउनका लागि २००७ साल, २०४६ साल र २०६२/६३ सालमा कांग्रेस नेतृत्वमा भएको आन्दोलनको स्मरण गर्दै सिंहले कांग्रेस नेतृत्वमा जारी भएको २०७२ को संविधानमा रहेको व्यवस्था कार्यान्वयनमा जोड दिए ।

थप अधिकारको कुरा गर्दा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेतर्फ ध्यान दिन आग्रह गर्दै उनले विधि र प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्ने व्यवस्था संविधानले नै सुरक्षित गरेको बताए ।

‘जनतालाई अधिकार दिलाउन लडेको पार्टी मिलेर सरकार बनेको छ। जनतालाई दिएको अधिकार खोस्ने कसैले सोच्न सक्छ ?’, उपप्रधानमन्त्री सिंहले भन्ने, ‘संविधानले दिएको अधिकार पनि कटौती गर्न लागेको हो कि भन्ने हल्ला चलाइएको छ। गलत भाष्य स्थापित गर्न दुष्प्रचार भइरहेको कुरालाई पनि हामीले ध्यानमा राख्नुपर्छ।’

विसं २०७२ को संविधानले दिएको अधिकार कार्यान्वयनमा केही कमजोरी भए सुधार गछौँ भन्दा के नराम्रो भयो भन्दै उपप्रधानमन्त्री सिंहले अधिकारका विषयमा उठेका सवाल र कमीकमजोरीलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनको लागि सरकार अघि बढेको बताए ।