मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

बर्दीको इज्जत बढाउनुहोस् : महानिरीक्षक कुँवर

बर्दीको इज्जत बढाउनुहोस् : महानिरीक्षक कुँवर

हिमालय खबर

शेयर गर्नुहोस:

405
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सङ्गठनको प्रतिष्ठा र बर्दीको इज्जत बढाउनेगरी कार्यसम्पादन गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीबाट प्रवाह हुँदै आएको सेवाप्रति जनताको गुनासो बढिरहेको उल्लेख गर्दै उनले जनताका सेवामा समर्पित भएर तहगत जिम्मेवारीमा इमान्दारिपूर्वक खटिनुपर्नेमा जोड दिए ।

प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भएका रामदत्त जोशीलाई दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भने, “प्रहरीको बर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रित हुनुहोस् । यो नै हामी सबैको हितमा हुन्छ । परम्परागत शैली त्यागेर आ–आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

कार्यक्रममा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले सङ्गठनको नीतिलाई अङ्गिकार गर्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।