मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

टिआरसी विधेयकमा भएको सहमतिले नेपालको प्रगतिमा कोशेढुङ्गाको काम गर्नेछ : प्रचण्ड

टिआरसी विधेयकमा भएको सहमतिले नेपालको प्रगतिमा कोशेढुङ्गाको काम गर्नेछ : प्रचण्ड


शेयर गर्नुहोस:

1.3k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा भएको सहमतिले नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा महत्त्वपूर्ण कोशेढुङ्गाको काम गर्ने बताएका छन् ।

प्रचण्डले राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्वन्धित विषयहरू, राहत, परिपूरण जस्ता कुराहरू दीर्घकालीन रूपमा सम्बोधन हुने बताएका छन् ।

Advertisement

उनले भनेका छन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आवश्यक राजनीतिक सहमतिका लागि गठित कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको छ।’

‘नेपाली समाजको युगान्तकारी परिवर्तनको ऎतिहासिक जग बनेको नेपाली जनक्रान्तिलाई शान्ति, संविधान र राष्ट्रको समृद्धिको दिशामा रूपान्तरण गर्न, द्वन्द्वकालिन घटनाको सत्य निरुपण गरी समाजमा मेलमिलापको अवस्था सिर्जना गर्न र पीडितमैत्री संक्रमणकालिन न्याय निरुपण गर्न म विगत लामो समयदेखि निरन्तर लागिरहेको छु’, उनले भने, ‘यसै क्रममा मेरो पहल र नेतृत्वमा भएको बालुवाटार बैठकले यो कार्यदल गठन गरिएको थियो ।’

उनले भने, ‘आजको यो प्रयासले नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा महत्त्वपूर्ण कोशेढुंगाको काम गर्नेछ। राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्वन्धित विषयहरू, राहत, परिपूरण जस्ता कुराहरू दीर्घकालीन रूपमा सम्बोधन हुनेछन्। प्रतिवेदन हस्तान्तरण गर्ने कार्यदलका सबै सदस्यहरु र सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

शेयर गर्नुहोस:

1.3k
Shares