मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

भारत र अमेरिकासहित १८ देशमा राजदूत सिफारिस

भारत र अमेरिकासहित १८ देशमा राजदूत सिफारिस


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले भारत अमेरिका र चीनलगायत १८ देशमा राजदूत नियुक्त गरेको हो ।

नयाँ राजदूत सिफारिस गरिएका १८ देशमा अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनी रहेका छन् ।

Advertisement

सरकारले भारतका लागि शंकर शर्मालाई नै पुनः राजदूतमा सिफारिस गरेको छ भने अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्ण ओली, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, बेलायतका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई राजदूत सिफारिस गरेको छ ।

त्यस्तै, सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । फिर्ता बोलाइएका राजदूतमा चीनका विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ रहेका छन् ।

शेयर गर्नुहोस:

135
Shares