मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

विकासका लागि सबै एकताबद्ध हुनुपर्छ : मन्त्री बस्नेत

विकासका लागि सबै एकताबद्ध हुनुपर्छ : मन्त्री बस्नेत

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने बताएका छन् । शनिबार मेलम्ची नगरपालिका–३ हैबुङस्थित स्वास्थ्यचौकी भवन उद्घाटन तथा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले विकास निर्माण, स्वास्थ्य, शिक्षालगायतका काममा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सांसद बस्नेतले आफ्नो कार्यकालमा विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै राज्यले नै शिक्षा र स्वास्थ्यलाई बढी जोड दिनुपर्ने बताए । उनले नवनिर्मित स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन रु एक करोड ५० लाख बजेट प्रदेशबाट विनियोजन गरिएको जानकारी दिए । उनले नवनिर्मित स्वास्थ्यचौकीलाई नगर अस्पताल बनाउनुपर्ने र त्यसका लागि आफ्नोतर्फबाट पहल गर्ने बताए ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले अस्पतालमा आवश्यक जनशक्ति र कर्मचारीको व्यवस्था नगरपालिकाले गर्ने र अन्य उपकरण प्रदेश तथा सङ्घ सरकारले उपलब्ध गराउन आग्रह गरे ।

नगर उपप्रमुख उमा प्रधानले सुविधा सम्पन्न भवन बनेसँगै गुणस्तरीय र सहजरूपमा सेवासुविधा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले स्वास्थ्यचौकी निर्माणसँगै यस क्षेत्रका नागरिकले मेलम्ची वा काठमाडौँ पुग्नुपर्ने बाध्यता अन्त्य गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

निवर्तमान नगरप्रमुख डम्बर अर्याल, निवर्तमान उपप्रमुख भगवती नेपाल, पूर्ववडाध्यक्ष तथा जग्गादाता वसन्त गुरूङ, वडा नं ३ का अध्यक्ष कुमार बञ्जराले अस्पताल निर्माणमा सहयोग गर्नेप्रति आभार प्रकट गरे ।