मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पत्रकारिताको धारमा बहस गरौँ : अध्यक्ष बस्नेत

पत्रकारिताको धारमा बहस गरौँ : अध्यक्ष बस्नेत

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

अहिले नकारात्मक धार फितलो हुँदै गएको उल्लेख गर्दै उनले सृजनशील, रचनात्मक र समाधानमुखी पत्रकारिता आवश्यक रहेको औँल्याएका छन् ।

‘नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको पनि छ । पत्रकारितालाई सही बाटो हिडाउन प्रश्नसँगै समाधानका विकल्पहरुमा समेत बहस थाल्न जरूरी छ’, अध्यक्ष बस्नेतले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्द्धनको लागि सक्रियता देखाएको छ । युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका मिडियामाथि समेत कडा निगरानी गरिरहेको छ ।