पेन्सलभेनिया (अमेरिका) । चुनावी प्रचार प्रसारको लागि एउटा ¥यालीमा सहभागी पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोलीबाट उनको दाहिने कानबाट रगत बगेको तस्बीरहरु अहिले सञ्चार माध्यमहरुमा आइरहेका छन् ।
ट्रम्पको अवस्था अहिले सामान्य रहेको जनाइएको छ । मञ्चमा भाषण गरिरहेका ट्रम्पलाई गोली हान्ने व्यक्ति को हुन् भन्ने बारेमा अहिलेसम्म केही सार्वजनिक भएको छैन । गोली प्रहार पछि घाइते ट्रम्पलाई तत्कालै सुरक्षाकर्मीहरुले अस्पताल पु¥याएका थिए ।
गोली प्रहार गरेर राजनीतिक हिंसा सुरुवात गरेकोमा अमेरिकामा सबै तिरबाट निकै चिन्ता व्यक्त गरिएको छ । तर कस्ले र के कारणले गोली हानेको हो भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन ।
सन् २०१७ देखि २०२० सम्म राष्ट्रपति रहेका ट्रम्प यसपटक पनि उम्मेदवार हुने तयारीमा छन् ।
प्रतिक्रिया