मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राष्ट्रपति पौडेलद्वारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान

राष्ट्रपति पौडेलद्वारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संविधानमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि पदमुक्त भएका थिए ।

राष्ट्रपति पौडेलले कानुनविद्सँगको परामर्श पछि संविधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आह्वान गरेका छन् ।

उपधारा २ मा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

राष्ट्रपति पौडेलले आइतबार ५ः०० बजेसम्मको समय दिएर सरकार गठनको दाबी पेस गर्न भनेका छन् ।