मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रास्वपालाई रवि लामिछाने क्लबले हाइज्याक गरेको छ : डा ढकाल

रास्वपालाई रवि लामिछाने क्लबले हाइज्याक गरेको छ : डा ढकाल

हिमालय खबर

शेयर गर्नुहोस:

405
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रवि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् ।

आफूले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरी चलाएको आरोप लगाएका छन् ।

उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोपसमेत लगाए । उनले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताए ।

ढकालले आफूलाई प्रचलित कानुनविपरीत कारबाही गरिएको बताउँदै राजनीतिक दलसम्बन्धी ऐनअनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफुलाई निलम्बनको पत्र थमाइएको जिकिर गरेका छन् ।

उनले स्पष्टीकरणको मौका नदिएर कारबाही गर्न पाँइँदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफू अहिले पनि पार्टीको महामन्त्री रहेको जिकिर गरेका छन् । आफूलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको बताए ।