मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

ओलीले झुट बोलेर धोका दिए : प्रचण्ड

ओलीले झुट बोलेर धोका दिए : प्रचण्ड


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका छन् ।

बुधबार बसेको पार्टीको संसदीय दलमा एमाले अध्यक्ष ओलीले असार १८ गतेसम्म पनि झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका हुन् ।

आफूले बामपन्थी एकता हुन्छ भने तत्काल राजीनामा दिएर ओलीलाई प्रधानमन्त्री बन्न अफरसमेत गरेको बताउँदै प्रचण्डले ओलीले उल्टो कांग्रेसलाई गाली गरेर ८४ सम्म सहकार्य गर्ने र पार्टी एकतासम्म गर्ने कुरा गरेको बताएका थिए ।

प्रचण्डले बैठकमा ओलीले ‘स्वर्ग गए पनि सँगै जाने नर्क गए पनि सँगै जाने’ भनेपछि आफू ढुक्क भएको बताउँदै पछि कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुरा गर्दा त्यसअघि नै सम्झौता भइसकेको थाहा भएको बताएका थिए ।

उनले ओलीलाई आफूले चिनेको भए पनि अहिलेसम्म धेरै हण्डर ठक्कर खाएकोले सुधार भए कि भनेर विश्वास गरेको तर अब सबै भ्रम टुटेको उल्लेख गरेका थिए ।

माओवादीको संसदीय दलको बैठकले असार २८ गते प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । त्यस्तै बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै दललाई अपिल गर्ने तथा प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संविधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्ने निष्कर्ष निकालेको छ ।

शेयर गर्नुहोस:

513
Shares