मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ : डा. ढकाल

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ : डा. ढकाल

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै, ढकालले लामिछानेको दुईवटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् ।

ढकालले आफूलाई गरेको कारबाही नियम संगत नभएको भन्दै आफू अहिले पनि पार्टीको महामन्त्री रहेको दाबी गरेका छन् ।

उनले आफूले पार्टीभित्र आर्थिक पारदर्शिता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताए । उनले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा आएको रकम व्यक्तिगतरुपमा चलाएको आरोप लगाएका छन् ।

आफूले आर्थिक पारदर्शिता गर्नुपर्ने कुरा उठाउँदा सभापति लामिछानेले आर्थिक कुराको चिन्ता नलिन भनेको बताए ।