मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कान्तिपुर टिभीको विवादित क्लिप प्रेस काउन्सिलको निर्देशनपछि हटाइयो

कान्तिपुर टिभीको विवादित क्लिप प्रेस काउन्सिलको निर्देशनपछि हटाइयो

हिमालय खबर

शेयर गर्नुहोस:

891
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चर्चित कलाकारलाई मुछेर कान्तिपुर टिभीले बजाएको एक कार्यक्रमका विवादित क्लिप प्रेस काउन्सिल नेपालको निर्देशनपछि हटाइएको छ ।
उक्त टिभीको इट्स माइ शोमा दुई साताअघि प्रसारित सामग्री विवादमा तानिएको थियो ।

ती सामग्री आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसिता गुरुङसहितले चर्को विरोध गरेका थिए । प्रेस काउन्सिल नेपालले उक्त शो सार्वजनिक भएलगत्तै स्वअनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घन्टे पुर्जी काटेको थियो । टिभीले दिएको लिखित जवाफ चित्त नबुझेर काउन्सिलले प्रस्तोता ओसिन सिटौलासहितलाई लगत्तै बयानका लागि कार्यालयमै बोलाएको थियो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको उपस्थितिमा टिभीको टोलीले नै त्यस्ता प्रसङ्ग आएकोमा माफी मागेको थियो । प्रेस काउन्सिलले त्यस्ता विवादास्पद सामग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युब च्यानलसहित माध्यममा गराउन लिखित निर्देशन दिएको थियो । त्यसलगत्तै टिभीले विभिन्न कलाकारको नाम एकअर्कालाई जोडेर प्रसारित आपत्तिजनक अभिव्यक्ति हटाएको छ ।

प्रेस काउन्सिल समक्ष प्रस्तोता सिटौलाले व्यक्तिगत लाञ्छना लगाउने, आचारसंहिता विपरीत हुनेगरी आफूले कुनै काम नगर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
यो प्रकरण काउन्सिलमा विचाराधीन रहेकाले थप कारबाही के हुन्छ भन्ने खुलेको छैन ।

प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरीतका सामग्री, हुबहु कपी गरी दिएका सामग्री र बार्गेनि ङ गरेका मुद्दामा सक्रियता देखाइरहेको छ ।

यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधार, अनलाइनपानासहित तीन दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कडा कारबाही गरिसकेको छ ।