मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार नै बन्छ : एमाले प्रमुख सचेतक बर्तौला

नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार नै बन्छ : एमाले प्रमुख सचेतक बर्तौला


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा संवैधानिक बाध्यता नरहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद् बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको बताउँदै यसअघिका विभिन्न नजिर, सर्वोच्च अदालतले गरेको व्याख्याअनुसार नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै पनि शंका नरहेको जिकिर गरेका छन् ।

Advertisement

उनले भने, ‘नयाँ सरकार कसरी बन्छ भन्ने बारेमा माननीयज्यूहरुले आ आफ्ना दलिल पेश गर्नुभयो । म सुन्दैछु, बालुवाटारमा केही कानुन व्यवसायीहरुले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिनुभएको छ । तर, सत्य के हो भने विभिन्न नजिरहरुले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार बन्नेमा कुनै पनि अड्चन देखाएको छैन् ।ु

सांसद् बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिन बालुवाटार जाँदा प्रधानमन्त्री प्रचण्डले गाएको गीत गाएको प्रसङ्ग उल्लेख गर्दै भने, ‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो- ‘यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै’, बर्तौलाले म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु भन्दै भने, ‘तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?

शेयर गर्नुहोस:

189
Shares