मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई एमालेको ध्यानाकर्षण

दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई एमालेको ध्यानाकर्षण

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)ले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकार स्पष्टतः अल्पमतमा परेकोले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको भन्दै दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन भनिएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ– संसद्का दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामासमेत दिइसकेको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ ।

संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ ।

साथै, एमालेले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गरेको छ ।