मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

महामन्त्रीलाई कारबाही गर्ने निर्णय सर्वसम्मत : सांसद् डाँगी

महामन्त्रीलाई कारबाही गर्ने निर्णय सर्वसम्मत : सांसद् डाँगी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन् ।

डाँगीले समाचारमा आएको जस्तो ५२ जना केन्द्रीय सदस्यमध्ये आफू मात्र कारबाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छन् ।

उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफूले पनि हस्ताक्षर गरेको बताएकी छन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डनसमेत गरेकी छन् ।

यसअघि रास्वपाका सहप्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा सांसद् निशा डाँगीबाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारबाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए ।

बुधबार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई सात दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।