मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो : महामन्त्री ढकाल

मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो : महामन्त्री ढकाल


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफूलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् ।

पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफू नबोल्ने भनेर सुरुमै भनेको अवस्थामा आफूलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘महामन्त्रीलाई हटाउन अनुशासनको कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । दुवै उपसभापतिले अबदेखि महामन्त्री नमान्ने भनेर भनेको अवस्था छ । लाइभ नगरे मैले बोल्दिन भनेर भन्दा बोल कि बोल भनेर ह्यारेसमेन्ट गरियो ।’

उनले अगाडि भने, ‘गोरखा मिडियामा नेटवर्कको भूमिकामा रवि लामिछाने महामन्त्रीको भूमिकामा हुनुहुन्थ्यो त्यसमा सभापति जिबी राईको गल्ती, रास्वपामा भएका सबै गल्ती महामन्त्रीको हुने, भनेपछि उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिल्यै गल्ती गर्दैन भन्ने देखिन्छ ।’

साथै, उनले आफूले विरोध गरेका कारण कारबाही गर्न लागिएको बताउँदै अब रास्वपा प्रतीपक्षमा बस्दै छ कुन मुखले सरकारको विरोध गर्छ भन्दै प्रश्न गरेका छन् ।

शेयर गर्नुहोस:

216
Shares