काठमाडौँ । नेपाली कांग्रेसले आमजनताको चासोलाई केन्द्रमा राखेर नेकपा (एमाले)सँग सहमति भएको बताएका छन् ।
कांग्रेसको पधाधिकारी बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग सहमति गरेको बताएका छन् ।
उनले संविधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको बताए । उनले कांग्रेसले सरकार बनाउने विषयमा मात्र नभएर राजनीतिक स्थायित्वका लागि सहमति गरेको दाबी गरेका छन् ।
उनले एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताएका छन् । प्रवक्ता महतले गए राति सभापति देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न गएको भन्ने समाचार गलत भएको बताए ।
प्रतिक्रिया