मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

एमाले–कांग्रेस गठबन्धन प्राकृतिक र स्वाभाविक देखिएन : सापकोटा

एमाले–कांग्रेस गठबन्धन प्राकृतिक र स्वाभाविक देखिएन : सापकोटा

हिमालय खबर

शेयर गर्नुहोस:

432
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । माओवादी केन्द्रले कांग्रेस-एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै देश अग्रमनतिर जानेभन्दा पनि पश्चमगमनतिर जाने संकेतहरु देखापरेको बताएको जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बिहान पार्टी पदाधिकारी बैठकमा बिफ्रिङ गर्दै देश पश्चगमनतर्फ जानसक्ने खतरा देखिएको बताएका छन् ।

साथै सापकोटाले एमाले–कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वाभाविक नदेखिएको बताए । उनले वर्तमान सरकार बनेदेखि भ्रष्टाचारका विरुद्धमा ठूला–ठूला काम भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश गएको बेला कांग्रेस र एमालेले नयाँ सहमति गरेको बताए ।

उनले वर्तमान संविधानमा लोकतन्त्रका नयाँ मूल्य-मान्यता पनि समावेश भएको बताउँदै राम्रोसँग अभ्यास नै नगरी संशोधन गरिने कुरालाई प्रत्याशित मान्न नसकिने बताए ।