मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

विश्वप्रकाशले गृहमन्त्रीलाई भने- जिबी राईलाई भगाउन खोजेको हो ?

विश्वप्रकाशले गृहमन्त्रीलाई भने- जिबी राईलाई भगाउन खोजेको हो ?

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई भगाउन लोकेसन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भनेको हो भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेसन पत्ता लाग्यो भनेर गोपनीय सूचना सार्वजनिक गरेको आरोप लगाएका छन् । गृहमन्त्रीले जिबी राईको लोकेसन पत्ता लाग्यो भनेर उनलाई भगाउन खोजेको हो कि यो पक्राउ गर्ने नयाँ तरिका हो भन्दै प्रश्न गरेका छन् ।

शर्माले सूर्यदर्शन सहकारीका ठगीका आरोपीमध्ये एक जना जिबी राई फरार रहेको र अर्को गृहमन्त्री रहेको उल्लेख गर्दै गृहमन्त्रीले सहकारी ठगीमा फरार रहेका व्यवसायी साथीलाई पक्राउ गर्न किन समय लाग्यो भन्दै प्रश्न गरेका छन् ।

उनले मलेसियाबाट कसैलाई पनि पक्राउ गरेर नेपाल ल्याउन सुपुर्दगी सन्धि आवश्यक नपर्ने बताए । उनले गृहमन्त्रीले काम नगरेर स्टन्ट गरिरहेको बताए ।

महामन्त्री शर्माले सहकारी ठगी प्रकरणको छानबिनमा आशंका रहेको जिकिर गरेका छन् । उनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरिएको जनाउँदै गृहमन्त्रीले संसदमा झुट बोलेको आरोप लगाएका छन् ।