मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

अमेरीकामा २० सौं रक्तदाता दिवस तथा १४ औं BDA स्थापना दिवस बिभिन्न कार्यक्रमका साथ मनाइयो

अमेरीकामा २० सौं रक्तदाता दिवस तथा १४ औं BDA स्थापना दिवस बिभिन्न कार्यक्रमका साथ मनाइयो

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो , अमेरीका- TWENTY YEARS OF CELEBRATING GIVING: THANK YOU BLOOD DONORS भन्ने WHO को नारालाई आत्मसाथ गर्दै सदा झैँ यस पटक पनि ब्लड डोनर्स अफ अमेरिका (BDA) ले २० सौ विश्व रक्तदाता दिवस र BDA को १४ औं स्थापना दिवसको उपलक्ष्यमा जूम मार्फत कार्यक्रम आयोजना गरि सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिंदै शुभकामना आदानप्रदान गरेको छ ।

कार्यक्रममा अमेरीका बाहेक क्यानाडा तथा नेपालबाट पनि सहभागिता रहेको थियो । BDA का बरिष्ठ उपाध्यक्ष शिव काफ्लेले सबै सहभागीहरुलाई स्वागत गरेका थिए भने अध्यक्ष भुषणलाल श्रेष्ठले रक्तदाता दिवसको महत्व र उपलब्धिको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा BDA का पूर्व अध्यक्ष डा. नन्द रेग्मीले ब्लड डोनर्स अफ अमेरिका हिजो, आज र भोलिको बारेमा छोटकरीमा प्रकाश पारेका थिए ।

त्यसैगरी कार्यक्रममा म्याराथन धावक तथा BDA का आजीवन सदस्य ८० पटक भन्दा धेरै रक्तदान गरिसकेका टेक्सास निवासी अनुप श्रेष्ठले रक्तदान सम्बन्धमा आफ्नु अनुभव सुनाएका थिए । यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य दिने अन्य बक्ताहरुमा NRNA का अध्यक्ष डा. अर्जुन बन्जाडे , ANA का अध्यक्ष खगेन्द्र अधिकारी , लायन्स क्लबका डिस्ट्रिक गवर्नर प्रकाश गौतम, NAJA का अध्यक्ष सुरज भण्डारी , नेपाल बाट BLOODAN का मचाकाजी महर्जन, क्यानाडाबाट NBDA का निरन्जन पौडेल , BDA का पूर्व बरिष्ठ उपाध्यक्ष रेशम घर्ति लगाएत BDA का वर्तमान उपाध्यक्ष ज्युहरु, BDA चाप्टर अध्यक्षहरु , BDA का पूर्व पदाधिकारी तथा कार्यकारी सदस्यहरु रहेका थिए ।

कार्यक्रमको अन्तमा सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै BDA निबर्तमान अध्यक्ष्य डा. लिलाराज दाहालले भविष्यमा पनि यस महान कार्यको लागि सबैको साथ र सहयोग रहने अपेक्षा राखेका थिए । कार्यक्रम BDA का केन्द्रिय उपाध्यक्ष टीका पौडेलले संचालन गरेका थिए ।

विश्व रक्तदाता दिवस तथा BDA को स्थापना दिवसको अवसर पारेर अमेरीका स्थित BDA च्याप्टरहरू कोलोराडो, टेक्सास, म्यासाच्युसेट्स लगाएतका स्टेटहरूमा बिभिन्न कार्यक्रमहरू अयोजना गरि मनाइएको खवर प्राप्त भएको छ ।

केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठको बिशेष आथित्यमा कोलोराडोमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भयो । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा कोलोराडोमा सकृय विभिन्न संघ संस्थाका प्रतिनिधि , आजीवन सदस्यहरु तथा कोलोराडो नेपाली समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।

चाप्टरका उपाध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्तदाताहरुको तर्फबाट BDA का पूर्व केन्द्रिय सल्लाहकार , आजीवन सदस्य तथा अन्तरास्ट्रिय साहित्य समाज बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्माले रक्तदानको महत्व र रक्तदान सम्बन्धमा आफ्नु अनुभव सुनाएका थिए । नेपाली घरका अध्यक्ष जगदीश ढकाल र RMFN का अध्यक्ष अर्जुन बगालेले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए भने केन्द्रीय अध्यक्ष श्रेष्ठले विश्व रक्तदाता दिवसको महत्व BDA को स्थापना र यसको उद्धेश्यबारे प्रश्ट पारेका थिए ।

त्यसैगरी केन्द्रीय उपाधक्ष्य टीका पौडेलले उपस्थित BDA का आजीवन सदस्यहरुलाई आजीवन सदस्यता प्रमाणपत्र तथा पिन वितरण गरेका थिए । चाप्टरका बोर्ड सदस्य तेजप्रसाद ढकालले संचालन गरेको उक्त कार्यक्रममा चाप्टरका अर्का बोर्ड सदस्य फणिन्द्र छेत्रीले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

यसैगरी सोही अवसर पारेर टेक्सास च्याप्टरले जुन १३, १४ र १५ तारीक तिन दिन रक्तदान कार्यक्रम आयोजनागरी मनाएको छ भने म्यासाच्युसेट्सले बिशेष अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरी मनाएको केन्द्रिय अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।