मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सत्ताकेन्द्रित राजनीतिले अस्थितरता बढायो : नेता डा कोइराला

सत्ताकेन्द्रित राजनीतिले अस्थितरता बढायो : नेता डा कोइराला

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ताकेन्द्रित राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनिति गम्भीर मोडमा पुगेको बताए ।

नेता डा कोइरालाले सत्ताकै लागि मुलुकमा अस्थिरता उत्पन्न गराइरहने प्रवृत्तिबाट सबै पार्टीले बाहिर आउन जरूरी रहेकामा जोड दिए । “राजनीतिक स्थिरताविना सुशासन र सुशासनविना आर्थिक विकासले गति लिन सक्दैन तर देशमा पटकपटक सरकार बदल्ने र अस्थिरता मच्चाइरहने अवस्था देखियो । यस्तो अवस्थामा जस्तो र जतिसुकै बजेट ल्याइए पनि आर्थिक विकास तथा समृद्धि हासिल गर्न सकिँदैन”, डा कोइरालाको भनाइ थियो ।

अब सबै लोकतन्त्रवादीले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएकामा जोड दिँदै नेता डा कोइरालाले त्यसका लागि निर्वाचन प्रणालीमा सुधार गर्न छलफल अगाडि बढाउन आवश्यक रहेको धारणा राखे ।

यसैगरी उनले अस्थिर राजनीतिका कारण विकासले गति नपाउने मात्र नभइ राजनीतिमा अपराधीकरणले प्रश्रय पाइरहेकाले राज्यका निकायले समेत आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताए ।

“हामीले देखिरहेका छौँ सहकारी मात्रै होइन, धेरै ठाउँहरुमा अनावश्यक हिसाबले अख्तियारको दुरुपयोग भइरहेको छ । कानुनअनुसार काम गर्ने दायित्व भएका निर्वाचन आयोग, सिआइबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकाय पनि चुकिरहेका छन् । यी सबैको जड भनेकै अस्थिरता र राजनीतिमा अपराधीकरण हो” उनले भने ।

सोही कार्यक्रममा नेपाल प्रेस युनियनमा प्रवेश गरेका नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलाई डा कोइरालाले स्वागत गरेका थिए ।