मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो : मन्त्री श्रेष्ठ

सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो : मन्त्री श्रेष्ठ


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिले सरकारलाई दिएको समीक्षा गर्ने बेला भएको बताएका हुन् ।

Advertisement

उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको बताउँदै आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए । उनले राजीनामा पत्र बोकेर हिँडेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको उल्लेख गरे ।

उनले भनेका छन्, ‘केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले हामीलाई कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ’, उनले भने, ‘हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ । वर्तमान राजनीतिक परिस्थितिमा एकपटक हामी जिम्मेवार नेताहरु सबै बसेर सल्लाह पनि भएको छ । सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ ।’

शेयर गर्नुहोस:

189
Shares