मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मलाई मन्त्री हुने इच्छा छैन : रमेश प्रसाईं

मलाई मन्त्री हुने इच्छा छैन : रमेश प्रसाईं

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता रमेश प्रसाईंले आफूलाई मन्त्री बन्ने इच्छा नभएको बताएका छन् ।

सामाजिक अभियन्ताबाट राजनीतिमा प्रवेश गर्नुको कारणबारे खुलासा गर्दै प्रसाईंले आफूलाई मन्त्री बन्ने चाहना पटक्कै नभएको र देशमा उत्कृष्ठ राजनीति होस् र उत्कृष्ठ व्यक्तिहरुका हातमा शासन पुगोस् भन्ने इच्छाले राजनीतिमा आएको बताए ।

आइतबार अमेरिकाको ड्यालसमा रिपोटर्स क्लब अमेरिकाले आयोजना गरेको कार्यक्रममा प्रसाईंले वर्तमान अवस्थामा सरकारको काम कारवाही प्रति आफू सन्तुष्ट नभएको पनि उल्लेख गरे ।

नेपालमा अहिले माओवादीको नेतृत्वमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा समाजवोदी लगायतको मिलिजुली सरकार छ । आफ्नो पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भए पनि सन्तुष्ट नभएको बताए । ‘झ्याम कि झयाम ठूला काण्डहरुको छानबिन भएर दिनको एउटा भ्रष्टाचारी जेल परे म खुशी हुन्छु, काम त्यसरी हुनुपर्छ’, उनले भने ।

सामाजिक अभियन्ताका रुपमा राम्रो छवी बनाउँदा बनाउँदै राजनीतिमा फाल हाल्नुका कारण बारे उनले भने, ‘मान्छे म मात्र हिरो भएर भएन, मुलुक चेन्ज गर्नका लागि राजनीतिमा शुद्धिकरण आवश्यक देखेर यता लागेको हुँ ।’

यतिखेर प्रसाईं र उनकी पत्नी नन्दा सिंह प्रसाई अमेरिका भ्रमणमा छन् । आफूले अनाथ र शारिरीक रुपमा अशक्त बालबालिकाहरुका लागि सञ्चालन गरिरहेको अन्तरदृष्टि नेपाल संस्थाका लागि आर्थिक सहयोग जुटाउन उनीहरु अमेरिका आएका हुन् । उक्त केन्द्रमा हाल १४ जना अनाथ र शारिरीक रुपमा अशक्त बालबालिकाहरुले आश्रय लिइरहेको, उनीको बसोबास, पठनपाठनको व्यवस्था मिलाइरहेको समेत उनले जानकारी दिए ।

अमेरिका भ्रमण राजनीतिक उद्देश्यका लागि नभएर गरिरहेको सामाजिक काममा सहयोग र हातेमालोका लागि आह्वान् गर्न रहेकोसमेत उनले प्रष्ट पारे ।

दुई हजार आठ सय डलर संकलन

त्यसअघि आइबार बिहान पशुपतिनाथ तथा बौद्ध मन्दिरमा आयोजित कार्यक्रममा पनि प्रसाईं दम्पतीले आफ्नो संस्थाको उद्देश्यबारे प्रकाश पार्दै नेपाल आएको बेलामा अवलोकन गर्न आग्रह गरेका थिए ।

नेपाली समाज टेक्ससको सहयोगमा आयोजना गरिएको कार्यक्रममा अनाथ र शारिरीक रुपमा अशक्त बालबालिकाहरुको पठनपाठनमा दिइएको सहयोग एकएक पैसाको हिसाब रहने र पारदर्शी हुनेसमेत बताए । त्यस अवसरमा झण्डै दुई हजार ८ सय डलर संकलन भएको थियो ।

कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांंस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, प्रसाईं दम्पती, समाजका उपाध्यक्ष जनक भण्डारी, सचिव पुण्य पाण्डे लगायतले प्रसाईं स्वयं अरुको सहारा र सहयोगमा जीवन बिताइरहेको व्यक्तिले १४ जना बालबालिकालाई सहायता गर्नु चानचुने कुरा नभएको उल्लेख गर्दै प्रशंसा गरेका थिए ।