मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रेमिट्यान्स रकमलाई भ्रष्ट नेताहरुले आफ्नो कालोधन साट्ने अस्त्र बनाए : प्रभु साह

रेमिट्यान्स रकमलाई भ्रष्ट नेताहरुले आफ्नो कालोधन साट्ने अस्त्र बनाए : प्रभु साह

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विदेश श्रमका लागि गएका श्रमिकको कुनै कारण हत्या भएको त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।

रोजगारीका लागि नेपालबाट युवाहरू विभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै उनले त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

आजपा निकटको आइटी आर्मीको काठमाडौँमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपालमा युवाहरू स्वास्थ्य परीक्षण गरी रोजगारका लागि विदेश गइरहेको तर कतिपयको हत्या हुने गरेको बताए ।

‘हामी देखिरहेका छौँ, दिनहुँ विदेशबाट युवाहरूको लाश बाकसमा आइरहेको छ । नेपालबाट जानुअघि ती युवाहरूले स्वास्थ्य परीक्षण गरी कुनै रोग नलागेको प्रमाणित भएपछि मात्रै विदेश जान्छ । निरोगिताको प्रमाणित भएपछि विदेश पुगेका युवाहरूको लास किन आइरहेको छ त्यसको जवाफ यो सरकारले दिनुपर्छ । त्यसको जिम्मेवारी यो सरकारले लिनुपर्छ,’ साहले भने, ‘एउटा निरोगी युवाको विदेशमा मृत्यु किन भयो ? त्यसको मृत्यु होइन हत्या भएको हो ।’

योग्यता, क्षमता अनुसारको रोजगार र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरू रोजगारको खोजी गर्दै खाडी मुलुक पुगिरहेको साहले बताए । तर, यहाँका केही चोर नेताहरूका कारण वैदेशिक रोजगारीमै ठगी भइरहेको छ । नेताहरूकै संलग्नतामा वैदेशिक रोजगारीमा ठगी धन्दा चलिरहेको बताउँदै उनले त्यसको पर्दाफास आईटी आर्मीले गर्नुपर्ने निर्देशन दिए ।

‘वैदेशिक रोजगारीको ठगी धन्दामा केही चोर नेताहरूको संलग्नता छ । देश र जनताका लागि राजनीतिक गरिरहेको नाटक गरिरहेका र राज्यसत्ताको दुरुपयोग गर्दै ति चोर नेताहरू मोटाउने र सोझासाझा, निमुखा, गरिब मजदुर र युवाहरू मर्ने दिनको अन्त्य हुनुपर्छ । आइटी आर्मीले त्यस्ता चोर, फटाहा, राज्यसत्ताको दुरुपयोग गर्नेलाई जहाँको त्यही जनकारबाही गर्नुपर्छ,’ अध्यक्ष साहले भने ।

नेपालमा भ्रष्टाचार, अनियमितता र लुटेर राखिएको कालोधनलाई रेमिटेन्ससँग साटेर विदेश लाने काम भइरहेको बताउँदै उनले यसबाट राज्यलाई अर्बौं रकमको नोक्सानी भइरहेको छ । तर, पनि सरकार यस्तो कालोधनलाई रेमिटेन्ससँग साटेर विदेश पठाउने हुन्डी कारोबारीलाई कारबाही गर्न सकिरहेको छैन । हुन्डी कारोबारबाट नेपालमा रहेको कालोधनलाई रेमिटेन्ससँग साटेर विदेश गइरहेको आजपा अध्यक्ष साहले बताएका छन् ।

नेपालमा भ्रष्टाचार गरी, अनियमितता गरेर, लुटेर राखिएको कालोधन रेमिटेन्ससँग साटेर विदेश गइरहेको छ । हुन्डी कारोबारीमार्फत यस्तो काम भइरहेको सूचना सरकारमा बसेकाहरूसँग पनि छ । तर, ती हुन्डी कारोबारीलाई किन कारबाही हुन सक्दैन, म सरकारसँग सोध्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने, ‘रेमिटेन्स रकमलाई भ्रष्ट नेताहरूले आफ्नो कालोधन साट्ने अस्त्र बनाएका छन् । त्यही भएर यहाँ हुन्डी कारोबार फटाएको छ, भ्रष्टहरू मोटाउँदै छन् । त्यस्ता देशद्रोहीलाई अब आईटी आर्मीले ठाउँका ठाउँ जनकारबाही गर्नतर्फ लाग्नुपर्छ ।’