मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

अबको हिसाबकिताब प्रधानमन्त्रीसँग लिन्छौँ : महामन्त्री थापा

अबको हिसाबकिताब प्रधानमन्त्रीसँग लिन्छौँ : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाबकिताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन् ।

यसअघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउँदै महामन्त्री थापाले अब आफूहरुको हिसाबकिताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् ।

गृहमन्त्रीले संसद्को गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य सम्वेदनशील रहेको बताउँदै यो भनाइलाई कांग्रेसले सामान्यरुपमा नलिने स्पष्ट गरे ।

उनले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउँदै भनेका छन्, कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्‍यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसद्को रेकर्डबाट हटाउँछु भनेर भन्न सक्नु पर्‍यो । हिसाबकिताब लिन्छौँ र यही संसदमा लिन्छौँ ।

उनले सहकारी ठगी प्रकरणमा गठिन संसदीय छानबिन समितिलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउँदै अब संसदमा आफूहरुले जनसरोकारका विषय उठाउँदै बजेटको छलफलमा ध्यानकेन्द्रित गर्ने बताए ।