मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया

हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

जनकपुरधाम । नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका कैलाश सिरोहियालाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जन अवाले सरकारी वकिल कार्यालय धनुषाको स्वीकृतिपछि सिरोहियालाई हाजिरी जमानतमा छोडिएको जानकारी दिए ।

“मुलुकी अपराध संहिताको प्रावधानअनुसार उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिल, कार्यालय धनुषाले गरेको निर्णयका आधारमा हामीले हाजिरी जमानतमा छाड्न ललितपुर प्रहरीलाई गरेको सिफारिसपछि उनलाई छोडिएको छ”, प्रवक्ता अवालेले भने।

स्वास्थ्य समस्याका कारण उपचारका लागि काठमाडौँ पठाइएका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा बोलाएको बेला हाजिर हुने कागज गरेर जमानतमा छोडिएको उनले बताए ।

सिरोहियालाई नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत धनुषाको आदेशमा गत जेठ ८ गते प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

शेयर गर्नुहोस:

270
Shares