मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

गृहमन्त्रीले प्रतिशोध साँधेर पक्राउ गरेको सिरोहियाको भनाइ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले मंगलबारै पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुईवटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

सिरोहियाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफूलाई पक्राउ गरेको बताउँदै कान्तिपुर यसबाट विचलित नहुने बताएका छन् ।

यसैबीच, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न कार्यालयमा पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् । राउतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘कसैलाई पनि भन्नुपर्छ र ! कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो । रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नुअगाडि नबिर्सिदिनुस् ।’