मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा

संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्न नहुने बताएका छन् ।

कश्यपप्रसाद पौडेलको कथासङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा आज उनले देशभित्र राजनीतिक संकटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रुपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए ।

देशभित्र आर्थिक संकट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एकठाउँमा आउन उनले आग्रह गरे।

पुस्तकको विमोचन गर्दै उहाँले विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको उल्लेख गरे । राजनीतिक व्यक्तित्वलाई लेखन र साहित्यको अभ्यासले सरल मान्छे बन्न सहयोग गर्ने धारणा राख्दै महामन्त्री शर्माले राजनीतिक व्यक्तिले अध्ययनशील बन्न र लेखन अभ्यास गर्न जोड दिनुपर्छ भने।

लेखक पौडेलको आफ्नो दोस्रो कृतिका रूपमा रहेको यस सङ्ग्रहमा २१ कथा समेटिएका छन् । कथाहरूमार्फत समाजमा सकारात्मक सन्देश दिने प्रयास गरिएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव डा तुलसी भट्टराईले लेखक पौडेलको यस कथा सङ्ग्रहका अधिकांश कथाले समयको सत्य उजागर गर्न सामाजिक यथार्थमा आधारित भएको चर्चा गरे ।

कथा सङ्ग्रहबारे समीक्षा गर्दै लेखक एवम् पत्रकार लक्ष्मण अधिकारीले वर्तमान कथा लेखन शैलीमा अलि फरक धारका विषयवस्तु समेटिएको बताए।