मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल

राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा र मातहतका समितिबाट भए-गरेका काम कारबाही र गतिविधिका समाचार सन्तुलित रुपमा सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई सुझाव दिएका छन् ।

सदन चलाउने, व्यवस्थित गर्ने र नियमित तुल्याउने भूमिका संसदीय समितिकै क्रियाशीलतामा निर्भर रहने बताउँदै उनले कतिपय राष्ट्रिय सराकोरका मुद्दामा बुझने र बुझाउने विषयमा सरकार, सदन, राजनीतिक दल र पत्रकारमा देखिएको खाडल घटाउनु पर्ने आवश्यकता औँल्याए ।

घटना विशेषका आधारमा नभई समग्रमा राष्ट्रियसभा मातहतका समितिका समाचारले केकति स्थान प्राप्त गर्छन् र त्यसमा कस्तो सहयोग पु¥याउनुपर्छ भन्ने भावना सञ्चारजगतले राखिदिन अध्यक्ष दाहालको आग्रह छ ।

सबैको साझा र अपनत्व लिने गरी राष्ट्रियसभा सञ्चालन गर्न प्रयत्न भइरहेको उनको भनाइ छ । उनले सकारात्मक आलोचनासहित रचनात्मक ढङ्गबाट समाचार सम्प्रेषण गरी सहयोग पु¥याउन सुझाव दिए ।

संसदीय मामिला पत्रकार समाजका पदाधिकारीसहितका पत्रकारसँगको भेटमा उनले सदन चले वा नचले पनि समितिका कामलाई प्रभावकारी तुल्याउन राष्ट्रिय महत्वका विषयवस्तुलाई केन्द्रित गरी छलफल गर्न सभापतिलाई निर्देशन दिएको बताए ।

अध्यक्ष दाहालले भने, “देश र दुनियाँको ध्यान केन्द्रित हुने गरी समितिमा छलफल चलाउने र राष्ट्रको प्राथमिकताका विधेयक र कानुनलाई समयमै सक्ने दृढ सङ्कल्पकासाथ संसदीय समितिले काम गर्नुपर्छ ।”

विधेयकमाथि हुने राय–परामर्श र सुझाव लिन आमन्त्रण गरिने विषय विज्ञ राजनीतिक दलको कोटाका आधारमा नबोलाउन समितिलाई सुझाव दिए । उनले भने, “विज्ञ बोलाउँदा कुन दलको कति परे भन्ने होइन, खास विषयमा ज्ञान राख्ने र मागेको खुराक दिन सक्ने विज्ञ ल्याए पुग्छ ।”

विश्वासिलो वातावरण सिर्जना गर्दै अपेक्षा, आवश्यकता र सम्भावनाको पाटोमा उत्तिकै ध्यान दिन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ । उनले नतिजा दिने गरी राष्ट्रियसभालाई अघि बढाउन गृहकार्य र समन्वय गर्न सचिवालयका कर्मचारी तथा समितिका पदाधिकारीलाई सुझाव दिए ।