मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन् : कांग्रेस

संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन् : कांग्रेस


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले संसद् चल्न नदिनेतर्फ उद्धत हुँदै गएको निष्कर्ष निकालेको छ । शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री गगनकुमार थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद् पनि चल्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको जानकारी दिए ।

Advertisement

उनले आफूहरु चाहिनेभन्दा बढी लचकदार भइरहेको उनले बताउँदै उनले भने, ‘संसद् पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको भन्ने हाम्रो आजको छलफलको निष्कर्ष रह्यो ।’

महामन्त्री थापाले आगामी दिनमा संसद्का कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न आगामी सोमबार १ः०० बजे संसदीय दलको बैठक आह्वान गरिएको जानकारी दिए । उनले आफूहरुको माग र पोजिसन तलमाथि नहुने बताए ।

शेयर गर्नुहोस:

27
Shares