मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन् ।

एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न नसकेको बताएका हुन् ।

“विकासका कुरा कतिले बुझ्दैनन् । कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन् । यो जरूरी छैन भन्ठान्छन् । यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,” उनले भने, “तर पनि हामीले काम गरिरहेका छौँ । अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ ।” उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने जानकारी पनि दिए । “पूर्वाधार विकास होइन । विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौँ,” उनले भने ।

उनले पूर्वाधारको विकास हुँदा कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, विद्युत् विस्तार, संचारको विस्तारमा ठूलो प्रगति गरेको बताए । नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उनले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको स्पष्ट पारे । अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न अभियान सञ्चालन गरेको बताए ।

कार्यक्रममा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पूँजीगत खर्चलाई सुधार गर्नुपर्ने बताउँदै पूँजीगत खर्चको प्रभावकारीता ल्याउन चुनौती रहेको बताए । उनले राष्ट्रिय योजना आयोगले लगेको कुरालाई संसद्ले पारित गरेर कार्यान्वयन गर्नुपर्ने बताए । उनले विकासको सवालमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पार्टीका नेताले पार्टीको कुरा मात्र नभई पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्न सके मुलुकको विकास हुने बताए । उनले आफू भर्खरै मन्त्री भएकाले अब कामको गतिलाई अघि बढाउने र भौतिक क्षेत्रमा राम्रो प्रगति गर्ने बताए ।

एमालेका केन्द्रीय सदस्य विभागका प्रमुख कृष्णवहादुर केसीले सडक, यातायातका क्षेत्रमा विज्ञसँगको छलफलबाट आएका सुझाव पार्टीलाई बुझाउने बताए ।

विभागका सचिव सुशील ज्ञवालीले राजनीतिक दृष्टिकोण स्पष्ट भएमात्र विकास हुने धारणा राखे । राजनीतिक रुपमा अस्थिरता आए पनि दृष्टिकोणमा परिवर्तन नभएपछि मुलुकको विकास हुने उनको भनाइ छ ।

कार्यक्रममा सडक, रेल तथा जल यातायातका क्षेत्रमा डा चन्द्रबहादुर श्रेष्ठ र गुरु भट्टराई, निर्माण व्यवसाय तथा इन्जिनियरिङमा सुशील ज्ञवाली र ओम शर्मा तथा यातायात क्षेत्रमा दधि खरेल र श्रीराम ढकालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।