मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्दैन : कांग्रेस

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्दैन : कांग्रेस

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको बैठक सुरू भएपछि सभामुखले आफ्नो धारणा राखेपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सांसद्का प्रश्न निमोठिने तयारी गरेको देख्दा अचम्म लागेको टिप्पणी गरेका छन् । उनले संसदीय समिति गठन नगरेसम्म संसद्को कुनै पनि कारबाही अगाडि बढाउन नदिने घोषणा गरेका छन् ।

संसदमा बोल्दै महामन्त्री थापाले सहकारीको ठगीका सम्बन्धमा संसद्ले छानबिन समिति बनाओस् भन्ने आफूहरुको एकमात्र विषय भएको बताए । उनले किन डराएको भन्दै कहिले प्रहरी महानिरीक्षकलाई बोल्न लगाएको भन्दै महान्यायाधिवक्तालाई दुरुपयोग गरिएको आरोप लगाए ।

महामन्त्री थापाले प्रधानमन्त्रीले गृहमन्त्रीलाई क्लिन चिट दिएर संसदमा झुट बोलेको आरोप लगाउँदै रवि लामिछानेले माग फारम भरेर ऋण लिएको प्रमाण बोकेर संसदमा आएको बताए ।