मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कैलाश सिरोहिया भन्छन्- शंका लागे नागरिकता अनुसन्धान गर्नु !

कैलाश सिरोहिया भन्छन्- शंका लागे नागरिकता अनुसन्धान गर्नु !

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफ्नो नागरिकताका विषयमा अनुसन्धान गर्न चुनौती दिएका छन् । एक विज्ञप्ति जारी गर्दै सिरोहियाले शंका लागेमा नागरिकता बारे अनुसन्धान गर्न चुनौती दिएका हुन् ।

धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएपछि उनले आफ्नो नागरिकताबारे स्पष्ट गर्दै शंका लागे अनुसन्धान गर्न चुनौती दिएका छन् ।

उनले भनेका छन्- ‘मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०१७ मा प्रतिलिपि लिएको हुँ । जसमा २०३३/३४ को प्रतिलिपिअनुसार’ भनेर स्पष्ट उल्लेख छ । नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन ।’

उनले अगाडी भनेका छन्- ‘त्यस्तै हिमालयन रि-इन्स्योरेन्सको प्रबन्ध पत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले नै जानकारी दिएको छ । अझ, प्रबन्ध पत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्य तथ्य आफैँ स्थापित हुन्छ। राज्यलाई शंका लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्छ, जिम्मेवार नागरिकका हैसियतमा म हार्दिक स्वागत गर्दछु ।’

उनले कसैको नाम उल्लेख नगरी कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुनेसमेत बताएका छन् ।

साथै, उनले विज्ञप्तिमा विभिन्न कालखण्डका शासकहरूले विगतमा पनि यस्ता हत्कन्डा गरेको उल्लेख गर्दै कान्तिपुरले गर्दै आएको निर्भीक पत्रकारिता आफैँमा पर्याप्त जवाफ भएको उल्लेख गरेका छन् ।