मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा रबी ओड

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा रबी ओड

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडो निवासी नेपालीभाषी समुदायले गायक रबी ओडको उपस्थितीमा शुभकामना सांस्कृतीक सांझ कार्यक्रमको आयोजनागरी नयांबर्ष २०८१ को शुभकामाना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको उपस्थिती रहेको थियो । शनीबार सांझ सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए ।

कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती सबै आ आफ्ना दौतरीका साथ नयांबर्षको शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अबस्था अनुसार नयांबर्षको शुभकामाना साटासाट गर्ने प्रक्रिया निरन्तर चलिरहेको देखिन्थ्यो ।

शुभकामना सांझको पहिलो सत्र कार्यक्रमका प्रमुख अथिती तथा संस्थाका पूर्व अध्यक्ष अजय प्रधान, बिशेष अतिथी तथा ओम बड्स कमिटीका संयोजक रोहिणी शर्मा र संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती अर्जनु बगालेले संयूक्त रुपमा पानसमा बत्ती बालेर उद्धाटन गरेका थिए भने, संस्थाका निवर्तमान अध्यक्ष टीका पौडेलले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

नेपाल र अमेरीकाको राष्ट्रियगान संगै अगाडी बढेको कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बक्ताहरुले कोलोराडोमा नेपाली भाषीहरुको बर्षौं देखीको सपना साकार भएको, नेपाली सांस्कृतीक केन्द नेपाली घरमा नै शुभकामना सांस्कृतीक कार्यक्रम आयोजना गर्न पाउदा गर्वले छाती चौडा भएको बताए । उनीहरुले नेपाली समुदायलाई यसरी नै सधै एकजुट भएर अगाडी बढिरहन अनुरोध गर्दै सबैलाई नेपाली नयां बर्ष २०८१ शुभकामना दिए ।

यसरी शुभकामना मन्तब्य राख्नेमा र्कायक्रमका प्रमुख अतिथी अजय प्रधान, नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल र कार्यक्रमका सभापती तथा आयोजक संस्थाका अध्यक्ष अर्जन बगाले रहेका थिए । यसैगरी समारोहमा शुभकामना सांझलाई सफलताको साथ सम्पन्न बनाउन सहयोग गर्ने दाताहरुलाई कार्यक्रमका अतिथी र संस्थाका पदाधिकारीहरुबाट खादा लगाईदिई मायांको चिनो प्रधानगरी सम्मान गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा Colorado Nepalese Musical Constellation संस्थाले गत Valentine Day मा आयोजना गरेको कार्यक्रमबाट बचेको १ हजार १ सय ११ डलर नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा सांगितीक कार्यक्रम आयोजना गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । स्थानीय बाल कलाकारहरुले लोक , आधुनिक , देश भक्ति लगायतका गीतमा कम्बर मर्काई मर्काई नाचेको शुन्दर नृत्य हेरिरहदा आफुलाई नेपाली घर आगन मै भएको महसुस हुन्थ्यो ।

कार्यक्रममा बिशेष अतिथी रवी ओडले आफ्ना चर्चित आधा दर्जन भन्दा बढी गीत गाएर दर्शकलाई नचाएका थिए । त्यसैगरी कार्यक्रममा गायक भुवन श्रेष्ठ र अरुण गुरागाईले पनि गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल भएका थिए । कार्यक्रम संस्थाका महासचिव आकृती राई अधिकारीले संचालन गरेकी थिइन् ।