मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

अब आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदयघात हुने-नहुने पत्ता लगाइने

अब आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदयघात हुने-नहुने पत्ता लगाइने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । आर्टिफिसियल इन्टेलिजेन्स उपकरणले ८० प्रतिशत सटिकताका साथ घातक हृदय रोग पत्ता लगाउन सकिने भएको छ । जसका लागि बेलायती अनुसन्धानकर्ताहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको विकास गरेका छन् ।

उनीहरूका अनुसार सो अनुसन्धानपछि व्यक्तिको घातक मुटुको समस्या ८० प्रतिशत सटिकताका साथ पत्ता लगाउन सक्ने छ । वेंट्रिकुलर एरिथमिया एक असामान्य हृदयको ताल हो, जसले हृदयको तल्लो कक्षमा समस्यालाई संकेत गर्दछ । यस्तो अवस्थामा मुटुको धड्कन तीव्र हुनुका साथै रक्तचाप पनि कम हुन्छ । यदि यो समस्याको समयमै उपचार गरिएन् भने यो घातक हुन सक्छ ।

बेलायतको लेसेस्टर विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले भिए नेस्ट रेस्ट–५० नामक उपकरणको विकास गरेको हो । युरोपेली हार्ट जर्नल डिजिटल हेल्थमा प्रकाशित अध्ययनमा २०१४ र २०२२ बीच घरमा बस्ने २७० वयस्कहरूको होल्टर इलेक्ट्रोकार्डियोग्राम (इसिजी) परीक्षण गर्न यो उपकरण प्रयोग गरिएको थियो । लगभग १५९ व्यक्तिहरूले इसिजीपछि १.६ वर्षको औसतमा घातक वेंट्रिकुलर एरिथमिया अनुभव गरेका थिए ।

भिए नेस्ट रेस्ट–५० लाई बिरामीको मुटुको जाँच गर्न प्रयोग गरिएको थियो कि उसलाई यो घातक रोग छ कि छैन भनेर ? एआई उपकरणले प्रत्येक पाँचमध्ये चार केसहरूमा सही भविष्यवाणी गर्‍यो, कुन बिरामीको मुटु भेन्ट्रिकुलर एरिथमियाको लागि सक्षम छ भनेर पहिचान गर्‍यो । कार्डियक इलेक्ट्रोफिजियोलोजीका प्राध्यापक र विश्वविद्यालयको कार्डियोभास्कुलर विज्ञान विभागका प्रमुख प्रोफेसर आन्द्रे एनजीले भने।

‘वर्तमान क्लिनिकल दिशानिर्देशहरूले हामीलाई भेन्ट्रिकुलर एरिथमियाको लागि कुन बिरामीहरू सबैभन्दा बढी जोखिममा छन् र प्रत्यारोपण गर्न मिल्ने कार्डियोभर्टर डिफिब्रिलेटरको साथ जीवन बचाउने उपचारबाट सबैभन्दा बढी लाभ उठाउनेछ भनेर निर्णय गर्न मद्दत गर्दछ ।’ -एजेन्सी