मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नयाँ वर्ष पार्टी पुनःजागरणको वर्ष हुनेछ : महामन्त्री थापा

नयाँ वर्ष पार्टी पुनःजागरणको वर्ष हुनेछ : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षलाई पार्टी पुनःजागरणको वर्ष बनाउँदै सुशासनप्रति प्रतिबद्ध रहने उल्लेख गरेका छन्।

नववर्ष २०८१ का अवसरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नं २ द्वारा महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले आमनागरिकमा रहेको राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागिपर्ने धारणा राखे ।

“हामी आफूसँग भएको कुरामा खुसी हुन सक्नुपर्छ । इमानदारीपूर्वक काम गर्नुपर्छ, परिणाम र भविष्यका विषयमा धेरै चिन्ता लिन नहुनेरहेछ”, उनले भने, “खुला समाज, निजी क्षेत्रको विकास र नागरिकलाई समृद्ध बनाउने कुरामा विश्वास गर्छौँ ।”

ेउनले सुशासनप्रति प्रतिबद्ध रहँदै नागरिकलाई भरोसाको प्रत्याभूति दिने पनि बताए । पुनःजागरणका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरण हुनुपर्छ भन्दै उनले विसं २०८२ को महाधिवेशन सम्पन्न गर्न वडा सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापतिको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।