मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

जनतासँग गरिएका वाचा पाँच वर्षमा पूरा गर्छौं : उपसभापति खड्का

जनतासँग गरिएका वाचा पाँच वर्षमा पूरा गर्छौं : उपसभापति खड्का


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् ।

आज नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षण कार्यक्रममा उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिलेनै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको गुनासो गरे ।

Advertisement

उनले विधानमा व्यवस्था भएअनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच नियमित मासिक बैठक बस्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।

“जित्नका लागि पार्टीको टिकट चाहिने, जिताउन सिङ्गो पार्टीपङ्क्ति चाहिने, कार्यकर्ताले निर्वाचन अवधिभर पसिना बगाउनुपर्ने तर चुनाव जितेपछि पार्टी बिर्सने गर्नु हुँदैन”, उनले भने ।

उपसभापति खड्काले निर्वाचित भइसकेपछि पार्टी, पार्टीपङ्क्रि र कार्यकर्तालाई भूल्ने परिपाटीको अन्त्य हुन जरूरी रहेको बताए ।

“निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व हुन्छ”, उनले भने, “यसले पार्टी सङ्गठन निर्माणमा पनि महत्त्वपूर्ण काम गर्छ ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका खड्काले निर्वाचनका बेला काँग्रेसको चुनाव चिन्ह बोकेर मत माग्न जाँदा जनतासँग गरिएका बाचाहरू पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाए ।

“स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा मतदातासँग गरिएका बाचा पाँच वर्षभित्र पूरा गरेर छोड्छौँ”, उनले भने, “ती बाचाअनुसार भइरहेका कामबारे पार्टीका नेता तथा कार्यकर्ताहरूले जनताका बीचमा जानकारी गराउन आवश्यक छ ।”

उनले हालै सम्पन्न पार्टीको महासमिति बैठकले दिएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पारित गरिने बताए ।

शेयर गर्नुहोस:

108
Shares