मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व कांग्रेसले लिनुपर्छ : उपसभापति गुरूङ

नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व कांग्रेसले लिनुपर्छ : उपसभापति गुरूङ

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने धारणा राखेका छन् ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ ट्रेड युनियनको ११औँ केन्द्रीय परिषद्को भेला उद्घाटन गर्दै आज उनले पार्टीका सबै कार्यकर्ता लोकतन्त्र र सङ्घीयताको प्रवर्द्धन गर्न लाग्नुपर्ने जोड दिँदै जनताको पक्षमा काम गर्न निर्देशन दिए । उनले मुलुकमा सत्ता समीकरण परिवर्तन हुनु सामान्य भएको भन्दै यस विषयमा धेरै चिन्ता लिनु आवश्यक नभएको चर्चा गरे ।

त्यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन भइरहेको बताए। उनले वर्तमान प्रदेश सरकारले जनभावनाअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको प्रतिफल जनताको घर÷घरमा पुर्‍याउने अठोट व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले भौतिक विकासको दीर्घकालीन स्थायित्वका लागि मानवीय विकासका लागि प्रदेशका जहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षाका अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको बताए। उनले प्रदेश सरकारले १० वर्षमुनिका लागि बालिबालिकाको निःशुल्क उपचार व्यवस्था गरेको बताए ।

ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराई र प्रदेश सरकारका पूर्वमन्त्री गयानन्द मण्डलले सङ्घीय लोकतन्त्रमा जनताले आफ्नो घर अगाडि सरकारको अनुभूति प्राप्त गरेको हुनाले यसलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।