मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन् : मन्त्री गिरी

केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन् : मन्त्री गिरी

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत । जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालको आठौं वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्‍घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रका विकृति र विसंगती रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए।’नेपालको स्वास्थ्य क्षेत्र विकराल छ। जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन्। यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्‍ने लागेर नै तपाइँहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,’ मन्त्री गिरीले भने,’स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ ? गरिबले पनि कसरी गुणस्तयरीय सेवा पाउन सक्छन्। यस विषयमा खोज गरेर कलम चलाइदिनुस् । हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस्।’

उनले थपे, ‘स्वास्थ्य क्षेत्रका बेथिति, भ्रस्ट्राचार र अपारदर्शिताविरुद्ध निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठूलो योगदान हुन्छ । हामी जिम्मेवारीमा छौं, तपाइँहरूले हामीलाई खबरदारी गर्नुपर्छ।’

स्वास्थ्य क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्‍त्रालय सम्हालेको मन्त्री गिरीले बताए।