मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

शेर्पा संघ कोलोराडोको अध्यक्षमा पुःन ङवाङ वाङछु शेर्पा

शेर्पा संघ कोलोराडोको अध्यक्षमा पुःन ङवाङ वाङछु शेर्पा

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरीका- कोलोराडो वासी शेर्पाहरुको साझा संस्था शेर्पा संघ कोलोराडो (शेर्पा नाङपी छोग्पा) को अध्यक्षमा पुःन ङवाङ वाङछु शेर्पा चुनिएका छन् ।शेर्पा नाङपी छोग्पा कोलोराडोको परिचय

अवको दिनमा शेर्पा संघ, कोलोराडो रहने गरी दोस्रो कार्यकलको लागी सर्व सहमतिमा ङवाङ वाङछु  अध्यक्षमा चुनिएका हुन् । यसैगरी अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सोनाम शेर्पा, कोषाध्यक्ष लाक्पा शेर्पा, महासचिव निमा ओङछु शेर्पा, सचिव पासाङ शेर्पा र सांस्कृतिक संयोजक निमा कर्मा शेर्पा गरी ६ सदस्य कार्यसमिती सर्वसम्मत तरिकाबाट चयन गरिएको हो ।

शेर्पा संघ, कोलोराडोले अगामी दिनमा शेर्पाहरुको आफ्नै शेर्पा गुम्वा स्थापना गरि  वौद्ध धर्म, शिक्षा, शेर्पा सांस्कृती,  सम्वोट भाषालिपी र पाठपुजा चाडपर्वको जागेर्ना गर्ने प्रतिबद्धता अध्यक्ष ङवाङ वाङछु शेर्पाले गरेका छन् । संस्थाको कोषाध्यक्ष लाक्पा शेर्पा र महासचिव निमा शेर्पा पनि दोस्रो कार्यकालका लागी चयन भएका हुन ।  महासचिव निमालाई  संस्थाले प्रवक्ताको  जिम्मेवरी पनि दिईएको छ । उनी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीकाका निर्वाचित वोर्ड सदस्य समेत हुन ।

संस्थाको कार्यसमितीमा  मनोनित भएका सदस्यहरु नेपालको विभिन्न जिल्ला र क्षेत्रहरुवाट प्रतीनिधीत्व हुने गरी चुनिएका छन । त्यस्तै समाजसेवी तथा स्थानीय व्यवसयी दावा शेर्पालाई शेर्पा संघ कोलोराडोको सल्लाहकार समितीमा मनोनित गरिएको महासचिव निमा शेर्पाले बताएका छन् ।

शेर्पा संघ कोलोराडोले हिमाल आरोहीहरुलाई सम्मान, शेर्पा युवा वालवालीकालाई प्रत्साहन, नेपाली शेर्पा कला सांस्कृती र खेलकुदहरुमा हौसला प्रदानगर्ने र संस्थाले भैपरि आए अन्य संघ संस्थाहरु संग मिली सहयोगहरु जुटाई नेपाल र नेपालीहरुको लागी सहयोग गर्न तत्पर रहने भावी योजना रहेको जनाएको छ ।