मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
नेपाल   
मुख्य समाचार   

एनअारएन कुँवर समूहको साधारण सभा सम्पन्न

एनअारएन कुँवर समूहको साधारण सभा सम्पन्न


गैरआवासीय नेपाली संघ (एनआरएनए) घले समूहको बार्षिक साधारण अाइतबार काठमाण्डौको होटल लो मुस्ताङ्ग, ठमेलमा सम्पन्न भएको छ।

संघका पूर्व अध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक डा. शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा अध्यक्ष बिनोद कुँवरले अध्यक्षता गरेका थिए । सभामा भेरी नगरपालीका, आठ्बिस्कोट नगरपालिका र तारकेश्वर नगरपालिका मेयरहरुको पनि सहभागिता थियो ।

सभाको उद्घाटन सत्रमा गत २०२२ को मार्चमा सम्पन्न एनआरएनएको १० औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित अन्तराष्ट्रिय परिषदले विगत दुइ बर्षको अबधिमा गरेका कार्यक्रमहरु, सामाजिक सेवा र परियोजना लगायतको जानकारी गराइयो। यसका साथै केहि नयाँ परियोजनाहरुको संझौता र थालनी पनि गरिएको छ।

संघले भूकम्प प्रभावित क्षेत्र आठबिस्कोट र भेरी नगरपालिकामा पुन:निर्माणका दुइ वटा परियोजनाहरु गर्ने संझौतामा हस्ताक्षर गरेको छ। त्यसैगरी तरकेश्वर नगरपालिकामा मोनोरेल संचालन गर्ने बारे अर्को संझौतामा हस्ताक्षर भएको छ। साथै कोरियन कम्पनी र नेपाली गैरआवासीय नेपालीले संचालन गरेको नेपाली कम्पनीबीच कोरियन कस्मेटिक्स उत्पादन र बितरण गर्ने ब्यबसायिक संझौतामा हस्ताक्षर गरिएको छ।

साधारण सभामा युरोप, ओसीयानिया, मध्येपूर्व तथा अफ्रिका, एशिया र अमेरिकाज गरी ६ क्षेत्रका २५ भन्दा धेरै देशका राष्ट्रिय स्तरका एनआरएनए र ४० भन्दा धेरै देशका गैरआवासीय नेपाली प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

यस पहिला संघका अध्यक्ष कुँवरको नेतृत्वमा पूर्व उपाध्यक्ष सोनाम लामा, पदाधिकारी र एनसीसी प्रतिनिधिहरुले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर संघबारे जानकारी गराएको थियो। मन्त्री श्रेष्ठले संघ तीन हुनु राम्रो भएन, अरुलाई पनि त्यहि भनेको र एक भन्दा धेरैमा आफू संलग्न नहुने जानकारी दिंदै उनले संघ एउटा हुन पहल गर्न अाग्रह गरेको जारी विज्ञप्तीमा जनाइएको छ ।