मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नयाँ सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्छ : उपाध्यक्ष थापा

नयाँ सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्छ : उपाध्यक्ष थापा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्ने बताएका छन् ।

शनिबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनमा उनले नयाँ गठबन्धन सरकारले वडा तहदेखि नै समृद्धिको अभियान अघि जिकिर दाबी गरे ।

मुलुक यतिबेला राजनीतिक, आर्थिक, सामाजिकलगायतका सङ्कटको भूमरीबाट अघि बढिरहेको भन्दै उपाध्यक्ष थापाले आर्थिक सङ्कटबाट मुक्त गर्न अब विकासको आन्दोलन चलाउनुपर्नेमा जोड दिए । त्यसका लागि वर्तमान गठबन्धन अनुकूल समय बनेको उनको भनाइ थियो ।

एमाललेले तय गरेको मिसन(८४ को अभियानलाई सफल बनाउन आदिवासी जनजातिको निर्णायक भूमिका रहेको उनले बताए । त्यसका लागि एमालेलाई एकल बहुमत दिलाइ प्रमुख राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर सत्तामा पुर्‍याउन अहिलेदेखि नै महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

उपाध्यक्ष थापाले एमालेले नयाँ खालको संस्कार र शैली स्थापित गर्नका लागि नयाँ गठबन्धनमा महत्त्वपूर्ण मन्त्रालय नलिएको बताए । सरकार परिवर्तनपछि स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नयाँ नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने उनको भनाइ थियो ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमाले सत्ता र पदका लागि भन्दा पनि राष्ट्रिय सङ्कट समाधानका लागि नयाँ गठनन्धन गरेर सरकारका सहभागी भएको बताए । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अबिधेशनका लागि गुल्मीमा बाह्र जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ ।