मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
नेपाल   

पत्रकार उपचार कोषलाई दुइलाख सहयोग

पत्रकार उपचार कोषलाई दुइलाख सहयोग


बिर्तामोड, झापा । अन्तरास्ट्रिय झापाली समाजले नेपाल पत्रकार महासंघ झापाको सहारा पत्रकार उपचार कोषलाई दुइलाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

आज बिर्तामोडमा एक समारोह बीच झापाली समाजका अन्तर्राष्ट्रिय अध्यक्ष मुकुन्द ढुंगानाले दुइलाख रुपैयाँको चेक पत्रकार महासंग झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरे । उक्त अवसरमा समाजका संस्थापक अध्यक्ष दिनेश पोख्रेल र मध्यपुर्व क्षेत्रीय संयोजक भवानी कोइरालाको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय झापाली समाजले झापाको बुध्दशान्ति गाउँपालिकालाई एम्बुलेन्स , झापा गोल्डकपलाई सातलाख रुपैयाँको उपविजेता पुरस्कार लगायत विविध क्षेत्रमा उल्लेखनीय सहयोग उपलब्ध गराएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको सभाहलमा आयोजित उक्त कार्यक्रममा झापाली समाजका अन्तर्राष्ट्रिय अध्यक्ष ढुंगानाले झापाली पत्रकारको उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको कुरा बताए ।

नेपाल पत्रकार महासंघ झापाले झापाली पत्रकारहरुलाई बिरामी पर्दा उपचारमा सहयोग गर्ने पुनित उदेश्य राखेर एककरोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको थियो । उक्त उपचार कोष उदेश्य अनुरुप एककरोडको लक्ष प्राप्ति नजिक पुगेको जानकारी महासंघका अध्यक्ष एकराज गिरीले दिए ।